
डा. क्रिश्चियन चेन्नेको ९९औं जन्मदिन नजिकै आउँदैछ, तर उनि कोविड्-१९ महामारीको समयमा पनि बिरामीहरूको हेरचाह गरिरहेका छन्।
उनि फ्रान्सको सबै भन्दा पुराना मध्यका डाक्टर हुन्, ७० बर्षको सेवा पछि पनि उनि अझै पेरिसका गल्लिहरुम्मा मानिसहरूलाई मद्दत गर्दैछन्।
महामारी भन्दा पहिले, कम आय भएका गल्लिको सडकमा भएको डाक्टरका प्रतीक्षालय बिरामीहरूले भरिएका हुन्थे ।
केही मानिसहरू टाढाका क्षेत्रबाट बिहान ४ बजेनै उनको क्लिनिकको लाममा लागिसकेका हुन्थे । स्थानिय चिकित्सक को अभावका कारण चेन्नेको काम गर्ने निर्णय लिएका हुन ।
पेरिस स्थित चेभिलि-लारुमा १९,००० को जनसंख्याको लागि तीन डाक्टर मात्र उपलब्धा छन जसको कारण डाक्टर्सँग को भेट गार्हो भएको छ ।
जब उनमा कोविड्-१९का लक्षण देखापर्न थाले डा. चेनयले बिरामी संगको भेटघाटहरू बन्द गर्नुपर्यो र कवारेन्टाइनमा जानुपर्यो ।
कवारेन्टाइन पछी आहिले उनी फोन र इन्टरनेटमा भर्चुअल परामर्श गर्दै काममा फर्केका छन्।