६ बैशाख २०८१, बिहीबार

कपिलवस्तुमा वडाध्यक्षमाथि चार राउन्ड गोली प्रहार

gun

कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि चार राउन्ड गोली प्रहार भएको छ । उनीमाथि गए राति गोली प्रहार भएको हो । तर, गोली वडाध्यक्ष सहाबुद्दिन मुसलमानलाई लागेन । उनी सकुशल रहेको जनाइएको छ ।

उनी आफ्नै घरमा सुतिरहेका थिए । राति १ बजेतिर उनीमाथि गोली प्रहार भएको हो । यसमा दुई व्यक्ति संलग्न भएको प्रहरीले आशंका गरेको छ ।

घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको डिएसपी मल्लले बताए।

स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो।