१७ बैशाख २०८१, सोमबार

ॠषि कपूर अस्वस्थ, मुम्बईमा अस्पताल भर्ना: रणधीर कपूर

rishi kapoor

रणधीर कपूरका अनुसार ॠषि कपुरलाई सास फेर्ने समस्या भएपछिअस्पतालमा भर्ना गरिएको हो र अहिले अवस्था स्थिर छ ।

अभिनेता ॠषि कपूरका भाई रणधीर कपूरले समाचार पुष्टि गर्दै भनेका छन ॠषि कपुरलाई बुधबार बिहान मुम्बईको एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसैगरी ॠषि कपुरको पीआर टोलीले पनि “उहाँ ठीक हुनुहुन्न र त्यसैले अस्पतालमा भर्ना हुनुभएको छ र उहाँकी श्रीमती (नीतू कपूर) पनि उहाँ सँगै हुनुहुन्छ,” भनेको छ ।

भारतिय मिडियाले जनाए अनुसार अभिनेता रणबीर कपूर पनि उनका पिताको साथ अस्पतालमानै छन्।

ॠषि कपूरलाई सन् २०१८ मा क्यान्सर भएको पत्ता लागेको थियो र उनि क्यान्सर उपचार पछि गत वर्ष सेप्टेम्बरमा न्यूयोर्कबाट भारत फर्किएका थिए ।

यस वर्षको मार्चमा, नीतू कपूरले आफ्नो ईन्स्टाग्राममा सँगै बाहिर खाना खान गएको फोटो सर्वजनिक गरेकी थिइन । उक्त पोस्ट्मा नितुले लेखेकी छिन “लामो समय पछि संगै खाँदा खाना एकदमै विशेष भयो! तपाईं प्रत्येक क्षणको मोल गर्नुहुन्छ, हरेक डिशको आनन्द लिनुहोस्!”