
नेपाली काँग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आफ्नो घोषणापत्र ‘नेपाली काँग्रेसको सङ्कल्प’ सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा पार्टीका सभापति शेरबहादुर देउवाले घोषणापत्र ‘नेपाली काँग्रेसको सङ्कल्प’ सार्वजनिक गर्नुभएको हो ।
काँग्रेसले ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली काँग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरेको हो ।
८८ पृष्ठ लामो घोषणापत्रमा २०७४ को निर्वाचनपछि खेर गएको पाँच वर्ष, प्रदेश र केन्द्रमा नेकपाको सरकार, नेकपा सरकारको अधिनायकवाद र सर्वसत्तावाद, प्रतिनिधिसभा विघटन, लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र, प्रतिपक्षमा काँग्रेसले निर्वाह गरेको जिम्मेवारीपूर्ण भूमिका, राष्ट्रिय संकटको बेला काँग्रेसले खेलेको भूमिका, आगामी १० वर्षमा समुन्नत नेपालको राष्ट्रिय संकल्प र मार्गचित्र प्रस्तुत गरेको छ ।
काँग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र ‘नेपाली काँग्रेसको सङ्कल्प’ सार्वजनिक (पूर्णपाठ):