१३ बैशाख २०८१, बिहीबार

सगरमाथा माथी नेपाली महिला आरोहीले विजय प्राप्त गरेको दिन

Pasang Lhamu Sherpa

आज वैशाख १०, नेपाली महिला आरोहीले सगरमाथा माथी विजय प्राप्त गरेको दिन । पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला ’राष्ट्रिय विभूति पासाङ ल्हामु’ को २९ औँ स्मृति दिवस । शेर्पाको त्यो साहस अहिले धेरैका लागि उत्प्ररेणा बनेको छ ।

राष्ट्रिय विभूति, नेपाल तारा अलंकारबाट पुरष्कृत शसक्त साहासिक र प्रेरक प्रथम नेपाली महिला आरोही स्वर्गिय पासाङ ल्हमु शेर्पाले विश्वको सर्वोच्व शिखर सगरमाथा चुमेको २९ वर्ष पुरा भएको छ । शेर्पाले सन् १९९३ अप्रिल २२ वि.सं २०५० साल वैशाख १० गते सगरमाथाको ऐतिहासिक सफल आरोहण गरेका थिए ।

सगरमाथा आरोहण सकेर फर्किने क्रममा शेर्पा निधन भएको थियो । सन् १९६१ मा सोलुखुम्बुको चौरीखर्क सुर्केमा जन्मिएका शेर्पाको साहसिक कामको सम्मान गर्दै सन् २००२ मा सरकारले राष्ट्रिय विभूति घोषणा गरे भने नेपाल तारा अलंकारले विभूषित गरे । पूर्ण कदको शालिक निर्माण मात्र गरेन शेर्पा फोटो सहितको हुलाक टिकट समेत प्रचलनमा ल्याएको थियो ।

सगरमाथा आरोहण गर्ने पहिलो महिला जापानकी जुनको तावेई हुन् । पासाङ ल्हमुसँगै आरोहणमा सहभागी भएकी मध्येकी एक ल्हाक्पाफुटी शेर्पा उनको साहस र दृढताको यसरी प्रशंसा गर्छन ।

जुन समय नेपाली महिला घरधन्दा भन्दामा सीमित थिए, तीन सन्तानकी आमा पासाङ ल्हमुले परम्परागत रितिरिवाजबाट ग्रसित समाजलाई चुनौती दिँदै विश्वको सर्वोच्व शिखर चुम्ने आँट गरिन । उनको यो आँटको मुतm कण्ठले प्रशास गर्नेहरुको कमि छैन । पासाङ ल्हमुले अहिलेका पुस्तालाई आरोहण र आँटिलो बन्न दिशानिर्देश गरेको महिला पर्यटन उद्यमीहरु बताउँछन । पासाङ ल्हमु शेर्पाको साहस र त्याग नेपालका लागि मात्र नभई समग्र आरोहण क्षेत्रका लागि महत्वपूर्ण कदम बनेको छ । हिमालमय नेपालले हिमाल आरोहणमा प्रेरित गरेको छ ।

मुलुकको पर्यटन क्षेत्रको महत्वपूर्ण आधार हिमाल आरोहण थप परिस्कृत भएको व्यवसायीहरु बताउँछन । नेपाल पर्वतारोहण संघ संसारले नेपाल, नेपाली, हिमाल र शेर्पालाई चिनाउन पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पापछि पासाङ ल्हमु शेर्पाको योगदान साँच्चिकै महत्वपूर्ण छ । पछिल्लो पुस्तामा आरोहणप्रतिको मोह थप बढेको छ । यद्यपि राज्यले अझै पनि न त नेपालमा उपलब्ध हिमालहरुको आरोहणमा प्रचार प्रसार न त आरोहण पेशालाई सु–व्यवस्थित नै बनाउन सकेको छ । यसतर्फ सबै सरोकारवालाको ध्यानकर्षण हुन जरुरी छ ।