१६ चैत्र २०८०, शुक्रबार

यी हुन् नेकपा (एमाले) बाट सिफारिस भएका महानगर प्रमुखका उम्मेदवार

cpn uml mahanagar meyar

नेकपा एमालेको शनिबार साँझसम्म बसेको सचिवालयको बैठकले पाँच महानगरपालिकाको प्रमुखको उम्मेदवारी नामावली टुंगो लगाएको लगाएको छ । छ नगरपालिका मध्ये विराटनगर महानगरपालिका बाहेक पाँच वटाको उम्मेदवारी टुंगो लगाएको एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुव्वा गुरुङले जानकारी दिनुभयो ।

सिफारिस हुनु भएका मध्ये काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित, ललितपुरको प्रमुखमा हरिकृष्ण व्यञ्जनकार, पोखरा महानगरको प्रमुखमा दिपक पौडेल , भरतपुरको प्रमुखमा विजय सुवेदी र वीरगञ्जको प्रमुखमा विजय सारबगीलाई रहनु भएको प्रमुख गुरुङले जानकारी दिनुभयो ।

बैठकले विराटनगर महानगरपालिकामा उम्मेदवारको नाम टुंगो लगाउन बाँकी राखेको छ भने ११ वटा उपमहानगरपालिका मध्ये दुई वटा बाहेक अन्यमा उम्मेदवारको नाम टुंगो लगाई सकेको छ ।