१३ बैशाख २०८१, बिहीबार

(पूर्णपाठसहित) स्थानीय तह निर्वाचनका लागि एमालेको घोषणापत्र सार्वजनिक

Cpn Uml Program

नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसर पारेर ललितपुरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले दुरदर्शी संकल्प सहित स्थानीय तहमा एमालेलाई बहुमत दिलाउन नसके देश दुर्भाग्यमा जाने बताउनुभयो ।

एमालेले स्थानीय तहमा शिक्षा सुधारको विषयलाई पहिलो प्राथमिकतामा राखेर चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र जीवन उपयोगी बनाउने उल्लेख छ ।

एमालेले घोषणापत्रमा स्वास्थ्यको विषयलाई महत्व दिएको छ । खानेपानी र सरसफाइ तथा उर्जाको विषयलाई एमालेले प्राथमिकताका साथ समेटेको छ । विपन्न परिवारलाई घरायसी प्रयोगका लागि बिजुली निःशुल्क उपलब्ध गराउने एमालेको योजना छ । अध्यक्ष ओलीले एमाले देशभक्त पार्टी भएकाले मुलुकको हितका लागि सधै लागिपर्ने बताउनुभयो । घोषणापक्र सार्वजनिक गर्दै ओलीले सत्तारुढ गठबन्धन एमालेको शत्तिसँग डराएको बताउनुभयो ।

एमालेले घोषणापत्रमा यातायात पूर्वाधार, एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास, विकसित पालिका, सुरक्षित आवास, आर्थिक वृद्धि, स्वदेशमै रोजगारी कार्यक्रमलाई समेटेको छ । सो पार्टीले राष्ट्रिय रजनीतिलाई सही बाटोमा फर्काउन स्थानीय तहको निर्वाचनमा आफूहरुले जित्नैपर्ने दावी गरेको छ । यसैवीच, एमालेका ७ सय ५३ वटै स्थानीय कमिटीले प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।