१४ बैशाख २०८१, शुक्रबार

अपरिचित समूहले आक्रमण गर्दा आठ जना घाइते

masjid akraman dang

दाङको एक मज्जिदमा अपरिचित समूहले आक्रमण गर्दा आठ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

आज दिउँसो करिब एक बजे लमहीका स्थानीय मुस्लिम समुदाय नमाज पढिरहेका बेला एक्कासी बाहिरबाट आएका अज्ञात समूहले मस्जिद परिसरमै धारिलो हतियार र इट्टा प्रहार गर्दा आठ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले जानकारी दिनुभयो ।

हतियार प्रयोगबाट लमही नगरपालिका वडा नम्बर ५ निवासी ६४ वर्षीय गुठे कुरेसी, सोही वडा निवासी ३३ वर्षीय अरसद अली, सवविर अलि, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मिया, २५ वर्षीय कमाल अली, ४२ वर्षीय मोहम्मद याकदिन अलि घाइते हुनुभएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेमध्ये चार जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जनाको जानकी मेडिकलमा उपचार भइरहेको छ । आक्रमणमा संलग्न समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित समाचार...