
कान्तिपुर टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारका समस्या र कार्यरत पत्रकार दीपा दाहालको पुनर्स्थापनाको माग राखी आन्दोलनरत नेपाल पत्रकार महासङ्घ तथा कान्तिपुर टेलिभिजन व्यवस्थापनबिच सहमति भएको छ ।
सहमति अनुसार कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार, कर्मचारीको न्यूनतम पारिश्रमिक असार मसान्तसम्म श्रमजीवी पत्रकार ऐनले तोके बमोजिम पुर्याइने, पत्रकार परिचयपत्र जारी नभएका पत्रकारहरूको हकमा सूचना विभागबाट प्रदान गरिने परिचयपत्र प्राप्त गर्ने वातावरण तयार गरिने तथा पत्रकार दाहालका माग सम्बोधन गरिने छन् ।
सहमति पत्रमा नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरी, कान्तिपुर टेलिभिजन व्यवस्थापनका परमानन्द खनाल, प्रधान सम्पादक दिलभूषण पाठक लगायतको हस्ताक्षर रहेको छ ।