२२ बैशाख २०८१, शनिबार

रहेनन् बलिवूड अभिनेता इरफान खान

irfan khan death
स्रोत्: इरफान खानको इन्स्टाग्राम

अभिनेता इरफान खानको बुधवार मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा मृत्यु भयो, जहाँ उनको पेटमा भएको संक्रमणको लागि उपचार भइरहेको थियो।

अघिल्लो शनिबार मात्र अभिनेता इरफान खानकी आमा सईदा बेगमको जयपुरमा ९५ वर्षको उमेरमा निधन भएको थियो । उनि आमा को अन्त्यष्टिको लागी जान पाएका थिएनन् ।

उनका परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ “श्री खानले आफ्नो अन्तिम अवस्था आफ्नो परिवार संगा बिताउनु भयो, जो उनलाई औधी माया गर्थे र उनको धेरै ख्याल गर्थे।”

निधनको केही घण्टा अघि अभिनेताका प्रवक्ताले एक बयानमा भनेका थिए “इरफान अझै पनि युद्ध लडिरहेछन्।”

भारतीय सिनेमाको सबैभन्दा सम्मानित व्यक्तित्व मध्ये एक, इरफान धेरै महिनासम्म ट्यूमरसँग लडेका थिए र केही महिना अघि लन्डनमा उपचार गरिसकेपछि मुम्बई फर्किएका थिए ।

इरफान खानकी श्रीमती सुतापा र दुई छोरा छन्।

सन् २०१८ मा क्यान्सरसँगको आफ्नो लडाईको बारेमा इरफानले हृदय-स्पर्शी शब्दहरू लेखेका थिए “मलाई लाग्छ, मैले आत्मसमर्पण गरिसकेको छु” ।

इरफान खानलाई मार्च २०१८मा न्यूरोएन्डोक्राइन ट्यूमर भएको पत्ता लागेको थियो, त्यसको लगत्तै उनि उपचारको लागि लन्डन उडेका थिए ।

त्यसपछी उनी फेब्रुअरी २०१९ मा फिल्म “अंग्रेजी मीडियम” शुट गर्न भारत आएका थिए र शुट सकाएर फेरी लन्डन फर्केका थिए । अभिनेता लन्डनमा शल्यक्रिया र उपचार पछि गत वर्ष सेप्टेम्बरमा भारत फर्केका थिए ।