७ बैशाख २०८१, शुक्रबार

अनुहार छाम्दै गठबन्धनका उम्मेद्वारको ओली !

gathbandan vs uml

स्थानीय तहको निर्वाचनका लागि चुनावी तालमेलको ताल मिलाउनसत्ता गठबन्धनले बल्लतल्ल सहमति जुटाएको छ । गठबन्धनको सहमतिसँगै दबाबमा परेको एमाले तीब्र दौडधुपमा केन्द्रीत बनेको छ ।

गठबन्धनले समेत साझा आमसभा गर्ने तयारी गरेको छ । चुनावी तालमेलको ताल मिलाउन झण्डाझण्डै विभाजनको डिलमा पुगेको सत्ता गठबन्धन बुधबारबाट एउटा सहमतिमा आएको छ । त्यो सहमतिअनुसार महानगर र उपमहानगरको भागबण्डा मिलेपछि दलहरुले अब सिंगै चुनावमा जाने विश्वास त बनाएका छन् ।

तर गठबन्धनभित्रै एकअर्कामा रहेको अविश्वासले ढुकचुक कायमै छ । यसका बाबजुद पनि अब पाँच दल पाँच दिनमा सात प्रदेशलाई सम्बोधन गर्ने तयारी छन् ।

सत्ता गठबन्धनको साझा सहमतिमा कार्यतालिका नै बनाएर बैशाख १८ मा धनगढीबाट सुरु भइ बैशाख २२ मा काठमाडौंमा सक्नेगरि आम सभा आयोजना गरिएको छ ।

जसलाई प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलका शिर्ष नेता र पाँच दलीय संयन्त्रका संयोजक रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् ।

मुलतः उसैगरि तयारीमा रहेको नेकपा एमाले र सत्तागठबन्धनको चुनावी ब्याटलको तीब्र दौड अब सुरु भएको छ । गठबन्धनले बुधबार भागबण्डाको विषयलाई टुङग्याएको थियो ।

त्यसको एकदिनपछि महानगर र उपमहानगरबारे निर्णायक छलफल गरेको एमालेले बैशाख १० मा मात्रै उम्मेद्वारको टुंगो लगाउने भएको छ । यसको मतलब गठबन्धनले उठाएका उम्मेद्वारको अनुहार हेरेर मात्रै आफ्ना उम्मेद्वारको टुंगो लगाउनेएमालेको नीति छ ।

बैशाख ११ र १२ मा दलहरुले उम्मेद्वार मनोनयन गरिसक्नुपर्नेछ । तर न सत्ता गठबन्धन न एमाले, कसैले उम्मेद्वारको टुंगो लगाएका छैनन् ।

गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरेको छ ।

यसको मतलब तल्लो तहमा समेत चुनावी तालमेलको दबाब केन्द्रबाटै दिइएको छ । एमालेले गठबन्धनका नीतिहरुलाई हेर्ने र सम्भावित जोखिमलाई आँकलन गर्दै उम्मेद्वार छनोट गर्ने तयारी गरेको छ ।