८ बैशाख २०८१, शनिबार

सगरमाथा अक्सिजन प्लान्टमा बिस्फोट : एक जनाको निधन, ६ जना घाइते

bisphot lalitpur

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा बिस्फोट हुँदा एक जनाको निधन भएको छ । घटनामा ६ जना घाइते भएका छन् ।

ललिपतपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले निधन हुनेको पहिचान खुल्न नसकेको जनाए ।

घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताए । घाइतेहरूको उपचार बिएन्डबी र पाटन हस्पिटलमा भइरहेको छ ।

बिस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर ओेधोगिक क्षेत्रमा रहेको छ ।

बिस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो । सिलिन्डर भर्ने क्रममा बिस्फोट भएको जनाइएको छ ।

    सम्बन्धित समाचार...