१२ जेष्ठ २०७९, बिहीबार

पेनाल्टीमा दुईपटक बेन्जेमा चुके पनि रियलको सहज जित

reall

ओसासुनालाई ३–१ अन्तरले पराजित गर्दै रियल मड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । घरेलु मैदानमा स्टार खेलाडी करिम बेन्जेमाले पाएको दुई पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

यद्यपि डेभिड अलाबा, मार्को एसेन्सियो र लुकास भास्क्वेजको गोलमा रियलले महत्त्वपूर्ण तीन अंक हात पार्‍यो । ओसासुनाका एन्टि बुडिमिरले सान्त्वना गोल गरे ।

बेन्जेमाले दोस्रो हाफको ५१औँ र ५९ औँ मिनेटमा दुई पेनाल्टी चुकाएका थिए । उनको दुवै प्रहार ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाएका थिए ।

जितसँगै रियलले ३३ खेलबाट ७८ अंकसहित शीर्षस्थानमा १७ अंकको अग्रता बनाएको छ ।

दोस्रो स्थानको एट्लेटिको मड्रिडको ६१ अंक तथा तेस्रो स्थानको बार्सिलोनाको ६० अंक छ ।