१३ बैशाख २०८१, बिहीबार

इन्दिरा पन्तको चर्चा शुरू काठमाडाैं महानगरपालिकाे मेयरमा

mayour ktm

नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारमा सिफारिस गरेको तीन जनामध्ये महिला अनुहारको चर्चा शुरु भएको छ ।

ती तीन जनामा वर्तमान मेयर विद्यासुन्दर शाक्य र यसअघि मेयर भइसक्नुभएका केशव स्थापितको नामसँगै महिला उम्मेदवार इन्दिरा पन्तको नाम पनि पार्टीले अघि सारेसँगै चर्चा शुरु भएको हो ।

एमाले काठमाडाैं महानगरपालिकाले मेयरकाे उम्मेदवारका लागि ५ जनाको नाम सिफारिस गरेकोमा जिल्ला कमिटीले तीन जनाको नाम प्रदेशमा पठाएको छ ।

लामो समयदेखि पार्टीमा देखिएको क्रियाशीलताको आधारमा पन्तको नाम एमालेले सिफारिस गरेको हो । एमाले निकट विद्यार्थी सङ्गठन अखिलको राजनीति हुँदै पार्टी राजनीतिमा अघि बढ्नु भएकी पन्त हाल काठमाडौं जिल्ला कमिटी सदस्यमा क्रियाशील हुनुहुन्छ ।

अखिल नेपाल महिला संघमा उत्तिकै सक्रियताका साथ पार्टीका विचारलाई स्थापित गर्न कटिवद्ध पन्त सहकारीविद्को रुपमा पनि चिनिनुहुन्छ । राष्ट्रिय सहकारी विकास बोर्डमा रहेर काम गरिसक्नु भएकी पन्त रोयल सहकारी संस्थाको उपाध्यक्ष हुनुका साथै यसअघि सुरेन्द्र पाण्डे संयोजक रहेको एमालेको अर्थ तथा योजना विभाग सदस्य भएर कार्य गरिसक्नुभएकाे छ।

महिलाकाे तर्फबाट सिफारिस पन्त महानगरकाे नेतृत्वका लागि याेग्य र सक्षम रहनुभएकीले एमाले काठमाडाैं महानगरले भावि मेयरका रूपमा समेत हेर्न थालेकाे छ ।

मेयरका लागि सिफारिस तीन जनामध्ये विद्यासुन्दर शाक्य वर्तमान मेयर रहनुभएकाे तथा केशव स्थापित विगतमा मेयर भएर कार्य प्रगति देखाइ सक्नुभएकाले यस पटककाे मेयर पदका लागि पन्तकाे नाम सर्वसम्मत हुन सक्ने एमाले नेता तथा कार्यकर्ताकाे भनाइ छ ।