१३ बैशाख २०८१, बिहीबार

कामु वरिष्ठ उपरीक्षकको जिम्मेवारी ७ जना एसपीलाई

apf logo

सशस्त्र प्रहरी बलमा ७ जना सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कामु वरिष्ठ उपरीक्षकको जिम्मेवारी तोकिएको छ ।

साधारण समूह र प्राविधिक उप–समूहतर्फका ७ जना सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कामु वरिष्ठ उपरीक्षकको जिम्मेवारी तोकिएको हो । गृहमन्त्री बालकृष्ण खाणले ४ वर्षे पदावधि पूरा नभएका कारण उनीहरुलाई कामु जिम्मेवारी दिने निर्णय गर्नुभएको हो ।

प्राविधिक समूहको स्वास्थ्यतर्फ डा मीना कुँवर र सुरेन्द्रमान श्रेष्ठलाई कामु एसएसपीको जिम्मेवारी दिइएको छ । सञ्चार तथा इन्जिनियरिङतर्फ प्रमोदकुमार शाहलाई कामु एसएसपीको जिम्मेवारी दिइएको छ ।

साधारण समूहतर्फ उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेनलाई कामु एसएसपीको जिम्मेवारी दिने निर्णय गरिएको छ । कानूनतर्फ युवराज अर्याललाई कामु एसएसपीको जिम्मेवारी दिइएको छ ।