१५ चैत्र २०८०, बिहीबार

सिट बाँडफाँटका विषयमा सत्ता गठबन्धनका दलहरु निष्कर्ष नजिक: कार्की

Gynendra B Karki

आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर पालिकाको सिट बाँडफाँटमा सत्ता गठबन्धनलाई सकस परेको छ ।

मंगलवार दिउँसो तीन बजेदेखि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा सिट बाँडफाँटका विषयमा दलहरु निष्कर्षको नजिक पुगेको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकमा हरेक कोणबाट विचारहरु आएको बताउदै उहाँले सबै सकारत्मक रुपले अघि बढेको जानकारी दिनुभयो । बैठक निष्कर्षको चरणमा प्रवेश गरेको उहाँले बताउनुभयो ।

आफूहरु ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा समग्रमा छलफल भएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।