१६ चैत्र २०८०, शुक्रबार

(भिडियो) नवराज र विद्याको स्वरमा ‘बसन्ती’ सार्वजनिक

akash srijana

आकाश श्रेष्ठ र सिर्जना कार्की अभीनित ‘बसन्ती’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतलाई आकाश पाण्डेले निर्देशन गरेका हुन् । आकाश पाण्डे फिल्म निर्मातासमेत हुन् । उनले यसअघि निखिल उप्रेती र भारतीय अभिनेत्री मोनिका बेदीलाई लिएर ‘परिचय’शीर्षकको फिल्म बनाएका थिए भने उनले निर्माण गरेको ‘कमिटमेन्ट २४ आवर’ बीचैमा रोकिएको थियो । आकाश र सिर्जनाबाहेक गीतमा रन्जित सिंहको पनि अभिनय देख्न सकिन्छ ।

माया प्रेमको भाव पस्कने गीतमा नवराज कलाउनी र विद्या तिवारीको स्वर रहेको छ भने गीतमा संगीत राजेन्द्र भट्टको रहेको छ । गीतको शब्द रचना पनि नवराजकै हो । ज्ञानेन्द्र शर्माको छायांकन रहेको गीतलाई अर्जुन भुसालले कोरियोग्राफ गरेका हुन् ।

गीतमा मोहित मुनालको एरेन्ज र विकास ज्ञवालीको सम्पादन रहेको छ । मान्द्रो मुभिजको प्रस्तुति रहेको गीतको निर्माता सुनिल कुमाल हुन् भने र सहनिर्माता अजय श्रेष्ठ र रन्जित सिंह रहेका छन् ।

https://www.youtube.com/watch?v=AV3lk0_VoGE

    सम्बन्धित समाचार...