१३ बैशाख २०८१, बिहीबार

यसकारण उमेदवारी मनोनयनका लागि दुई दिन समय

dinesh thapaliya

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूको आग्रहमा नै आसन्न स्थानीय तह निर्वाचनमा उमेदवारी मनोनयनका लागि दुई दिन समय दिइएको बताएका छन् ।

मंगलबार मिडियासँगको अन्तरक्रिया कार्यक्रममा एकैदिन उमेदवारी दर्ता गर्न असहज भएकाले दुई दिनको समय दिइएको उनले बताए ।

“जस्तो काठमाडौँमा ५०० उमेदवार हुन्छन्, दर्ता गर्ने एउटा कार्यालय । चार–पाँच डेस्क राख्दा पनि सकेनौँ । विभिन्न ठाउँमा दलहरूबाट मनोनयनका लागि दुई दिन दिनोस्, बरु प्रचारको समय घटाउनोस् भन्ने आग्रह गर्नुभयो । प्रचारप्रसारमा १५ दिन दिने गरिएको थियो । त्यसलाई घटाए ११ दिनमा दिने निर्णय गर्‍यौँ,” उनले भने ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार यही वैशाख ११ र १२ गते उमेदवारको मनोनयनपत्र दर्ता हुनेछ । मनोनयन दर्ताका लागि दुई दिन समय तोकिएको भन्दै नेकपा (एमाले)ले आपत्ति जनाउँदै आएको छ ।