७ बैशाख २०८१, शुक्रबार

तत्काल अर्थमन्त्री फेर्नेबारे छलफल र चर्चा नै भएको छैन्

prachanda at paris dada 1 768x512 1

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले तत्काल अर्थमन्त्री फेर्नेबारे कुनै छलफल र चर्चा नै नचलेको बताएका छन् । आज (सोमबार) पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले यस्तो बताएका हुन् ।

उनले भने,‘अहिले अर्थमन्त्री फेर्नेबारे चर्चा पनि चलेको छैन् । यसबारेमा कुनै छलफल भएको छैन् । यो हल्ला हो ।’ दाहालले आगामी स्थानीय तहको निर्वाचनमा जनताले परिवर्तनकारी शक्तिलाई नै अघि बढाउने पनि विश्वास दिलाए।

उनले अहिलेको पाँच दलीय गठबन्धन अग्रगामी र परिवर्तनकारी रहेको भन्दै यही गठबन्धनलाई नै जनताले विजयी गराउने बताए । उनले आगामी स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा नसर्ने पनि दाबी गरे । दाहालले स्थानीय तहको निर्वाचनमा जसपासँग राम्रो समझदारी भएकोले सोहीअनु्सार चुनावी तालमेल हुनेपनि सुनाए ।

प्रचण्डले आफूहरुले ६ वटा महानगरमध्ये एक पाउने बताए । तर, भरतपुर महानगरपालिका नै आफूहरुलाई चाहिन्छ भनेर नभनेको उनको भनाई छ । उनले भने,‘भरतपुर नभई भएन भनेको छैन। रेनु नभई भएन भन्ने अडान होइन, छ वटा महानगरमा एउटा माओवादीलाई पर्ला। काठमाडौं र विराटनगर भए पनि हुन्छ। ‘जहाँ सजिलो हुन्छ त्यही लिने भनेको हो, मोटामोटी सहमति पनि भएको छ। भरतपुर दिन मोटामोटी सहमति गठबन्धनमा छ। कांग्रेसका केही नेताले मानेका छैनन् तर औपचारिक निर्णय भएपछि यस्ता विरोधले तात्विक फरक पर्दैन।’

उनले स्थानीय तहको निर्वाचन नसर्ने पनि बताए । उनले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पनि विचारको हिसाबले माओवादीलाई नै समर्थन गर्ने बताए । उनले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै भिड्ने पनि बताए । सकेसम्म गठबन्धन गरेर जाने र सहमति नभए एक्लै पनि जाने उनको भनाई छ ।