१२ बैशाख २०८१, बुधबार

सहमति नजिक छ चुनावी तालमेल: अध्यक्ष प्रचण्ड

prachanda at paris dada

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी तालमेलमा सहमति नजिक रहेको बताउनुभएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलमा उहाँले सत्तारुढ गठबन्धन महानगरपालिकाको चुनावी तालमेलमा सहमति नजिक रहेको बताउनुभएको हो ।

‘‘छ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौं । महानगरकाे विषयमा टुंगिने नजिक पुगेको छ ।,’’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘अब यहाँबाट सिधै गठबन्धनको बैठकमा जाने हो । बेलुकासम्म महानगरपालिका र उपमहानगरपालिको तालमेल निष्कर्षमा पुग्छौं ।’’

यसैगरी, उहाँले स्थानीय तह निर्वाचन कुनै हालमा नसर्ने बताउनुभएको छ ।

‘‘आम मतदातालाई अपिल गर्न चाहन्छु । निर्वाचन वैशाख ३० गने नै हुन्छ ।,’’ प्रचण्डले भन्नुभयो, ‘‘त्यसको तयारीमा आ–आफ्नो ठाउँबाट सहयोग र योगदान गर्न सबैसँग अपिल गर्दछु ।’’