१६ चैत्र २०८०, शुक्रबार

नयाँ मूल्यसूची पठायो आईओसीले, पेट्रोलको मूल्य घटेर आयो

petrol

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ ।

‘पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ,’ निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले भने, ‘नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा (पाक्षिक) करिब ४ अर्ब ६९ करोड नोक्सान छ ।’