१५ चैत्र २०८०, बिहीबार

भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ९ सय ३९ पुग्यो, महाराष्ट्रमा मात्रै ८ हजार ६८ संक्रमित

coronainfectionindia 24

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ५८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९३९ पुगेको छ ।

भारतमा एकैदिन १ हजार ५६१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २९ हजार ४५१ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ७ हजार १३७ जना उपचारपछि निको भएका छन् । २१ हजार ३७५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

महाराष्ट्रमा मात्रै हालसम्म कोरोनाबाट ३ सय ४२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८ हजार ६८ पुगेको छ ।  

त्यस्तै गुजरातमा कोरोनाबाट ३ हजार ३ सय १ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १५१ पुगेको छ । त्यस्तै कोरोनाको संक्रमणबाट दिल्लीमा ५४ जनाको मृत्यु भएको छ भने सक्रमितको संख्या २ हजार ९ सय १८ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा सबैभन्दा बढी प्रभावित बनेको छ ।

सार्क मुलुकमा भारत सबैभन्दै भन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ ।