१५ बैशाख २०८१, शनिबार

दुधकोसी गाउँपालिका कांग्रेसबाट निर्वाचित दुई वडाध्यक्ष एमालेमा प्रवेश

Amale Prabes 768x391 1

सोलुखुम्बुमा नेपाली कांग्रेसबाट निर्वाचित दुई वडाध्यक्ष नेकपा (एमाले) प्रवेश गरेका छन् ।

जिल्लाको माप्य दुधकोसी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिनेश राई र वडा नम्बर ७ का वडाध्यक्ष सगुजित राई एमालेमा प्रवेश गरेको एमाले पालिका कमिटी अध्यक्ष जुनितामाया मगरले जानकारी दिइन् ।

तत्कालीन अवस्थामा एमालेमै रहेका दिनेश २०७४ सालको स्थानीय तह निर्वाचनको संघारमा कांग्रेस प्रवेश गरेका थिए । सोही निर्वाचनमा कांग्रेसले उम्मेदवार बनाएका थियो ।

सगुजित राई भने लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका थिए । वडाध्यक्षद्वयलाई नेकपा (एमाले)का केन्द्रीय सदस्य मानवीर राई, एमाले प्रदेश नम्बर १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, जिल्ला समन्वय समिति संयोजक वीरकुमार राई, एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला, सचिव आशकुमार राई, जिल्ला सचिवालय सदस्य तथा माप्य दुधकोसी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, माप्य दुधकोसी गाउँपालिकाकी उपाध्यक्ष जुनितामाया मगरलगायतले स्वागत गरेका छन् ।