१२ बैशाख २०८१, बुधबार

लफ्फाजीको नाममा आन्दोलनलाई गोलचक्करमा फसायो विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी: प्रचण्ड

prachanda 2
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रतिक्रियावादी शक्तिहरु माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको आरोप लगाउनु भयो । 

बिहीबार खुमलटारमा आयोजित नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गर्ने नेता तथा कार्यकतालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले उक्त आरोप लगाउनु भएको हो ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अन्तरविरोध भएपनि पार्टी विभाजन गल्ती भएको बताउनु भयो । जनयुद्धको गौरव बोकेका सबै माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्टबीच ध्रुवीकरणको आवश्यकता रहेकोमा उहाँले कार्यक्रममा जोड दिनुभएको थियो ।

अधुरो क्रान्ति पुरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीहरुको रिहाईका लागि आफूले पहल गर्ने समेत प्रचण्डले बताउनु भयो।

विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी लफ्फाजीको नाममा आन्दोलनलाई गोलचक्करमा फसाएको आरोप प्रचण्डले लगाउनु भयो । 

नव प्रवेशीहरुका तर्फबाट बोल्दै नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’ ले क्रान्तिमा विप्लव नेतृत्वले गरिरहेका गतिविधिले जनयुद्दकै उपलब्धि खोस्ने शक्तिहरुलाई लाभ पुग्ने आशंका उत्पन्न भएको बताएका थिए ।