१६ चैत्र २०८०, शुक्रबार

अर्थतन्त्र ध्वस्त पार्नेहरुको मानसिक सन्तुलन गुमेको अध्यक्ष ओलीको आरोप

kp oli 4

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मानसिक सन्तुलन गुमाउन लागेको बताउनु भएको छ ।

आज बिहान विराटनगर विमानस्थलमा अध्यक्ष ओलीले वर्तमान सरकारले देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाउनुभयो । ९ महिनामा आफूले अर्थतन्त्र ध्वस्त बनाएर अघिल्लो सरकारलाई दोष दिएको भन्दै अध्यक्ष ओलीले त्यस्ताहरुको उपचार आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले अर्थतन्त्र ध्वस्त पार्ने काम यही सरकारले गरेको भन्दै सरकारले मानसिक सन्तुलन गुमाउन थालेको आरोप लगाउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले पाँच दलीय गठबन्धनको सरकारले देशको अर्थतन्त्र ९ महिनामा नै ध्वस्त पारेको बताउँदै ढाकछोपका लागि गभर्नर हटाइएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले आसन्न स्थानीय तहको चुनावमा राप्रपासहित साना दलहरुसँग स्थानीयस्तरमा सहकार्य गर्न सकिनेबारे छलफल भइरहेको जानकारी पनि दिनुभयो ।

अध्यक्ष ओलीले आगामी चुनावमा एमालेले गठबन्धनलाई पराजित गर्ने दाबीसमेत गर्नुभएको छ ।