१६ चैत्र २०८०, शुक्रबार

एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन, राप्रपा नेपाल सूर्यचिन्हबाट चुनाव लड्ने

RPP nepal and uml 1230 1024x458 1

सत्ता गठबन्धन चुनावी तालमेलमा जुट्दा प्रतिपक्षी दलहरु पनि गठबन्धन गर्न थालेका छन् । नेकपा एमाले र राप्रपा नेपालबीच तालमेलको समझदारी बनेको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गर्नुभयो ।

राप्रपा नेपालले एमालेको चुनाव चिन्ह सूर्य नै लिएर निर्वाचनमा जाने सहमति पनि भएको छ ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति बनेकोछ ।

RPP nepal and uml 1