११ बैशाख २०८१, मंगलवार

निर्देशन पर्खेर बसिरहेका छन् नेताहरु: केन्द्रबाटै उम्मेद्वार छान्नै सकेनन्

gathabandhan

चुनावीको असली रौनक उम्मेद्वार छनोट भएर निर्वाचनमा होमिएपछि मात्रै देखिन्छ । तर केन्द्रीय नेतृत्व उम्मेद्वार छनोटभन्दा विपक्षीमाथिको आक्रमणमा रमाइरहेका छन् ।

स्थानीय तहको निर्वाचनका उम्मेद्वारलाई भोट हाल्न अब झण्डै एक महिनाको समय बाँकी छ । चुनाव स्थानीयको तर केन्द्रीत नेतृत्व टिकट बाँडफाँडको अन्तिम कसरत चलाइरहेको छ । केन्द्रबाटै उम्मेद्वार छानिदै छ, केन्द्रकै निर्देशन पर्खेर नेताहरु बसिरहेका छन् । तरपनि उम्मेद्वारी छनोटको विषय अलमलमात्रै होइन निकै पेचिलो बनेको छ ।

तथापी केन्द्रीय नेतृत्व आफ्नो पक्षमा माहोल बनाउन विपक्षीविरुद्ध आक्रामक रुपमा उत्रिएको छ । र यसको अग्रभागमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओली ।

एमाले अध्यक्ष ओलीविरुद्ध सिंगै पाँच दलीय गठबन्धन उभिएको छ ।काँग्रेससँग मुख्य प्रतिस्पर्धा भए पनि गठबन्धनबीच नै चुनावी तालमेल भएपछि ओली माओवादी र एकीकृत समाजवादीमाथि खनिएका छन् ।

प्रचण्डसँग कार्यकर्ता छैनन्, उनी हेटक्वाटरमात्रै हुन्, कार्यकर्ता आफुसँग आइसके, अब प्रचण्ड–माधव काँग्रेसको जिउँका मच्छड र झिँगा धपाएर बस्ने ओलीको दाबी छ । तर ओलीविरुद्ध गठबन्धन गरेका प्रचण्ड–माधव झनै अटेरी छन् । काँग्रेससँग तालमेल गरेपछि बलिया बनेका उनीहरु ओलीको पराजयका लागि पनि आफुले जित्नुपर्ने दाबी गरिरहेका छन् ।

यो निर्वाचन आफु जित्नका लागि नभइ एमाले हराउनका लागि मुख्य बनाएका माओवादी र समाजवादीयही बुझाइकै आधारमा काँग्रेससँग तालमेल गर्न बाध्य बनेका हुन् । तर गठबन्धनभित्रै उम्मेद्वारी छनोटको थप पेचिलो बन्दै गएको छ । एक महिना बाँकी रहँदा पनि उम्मेद्वारको टुंगो नलाक्दा चुनावी सरगर्मीको खास रुप बाहिरिएको छैन ।

उम्मेदवार लिएर चुनावी प्रचारमा निस्किने बेला दलहरू भने उम्मेदवार चयन गर्न नसकेर आन्तरिक विवादमा फसेका छन ।कार्यकर्ता टिकटको सुनिश्चिता नभएपछि पार्टी फेरबदलकोरंगमञ्च चलाइरहेका छन् ।

चुनावी तालमेलको टड्कारो आवश्यकता महसुस गरेर पाँच दलीय संयन्त्र बनाउने भनिएपनि करिब दुई दर्जनभन्दा बाँकी अधिकांश जिल्लामा यो संयन्त्र नै बनेनन् । बरु केन्द्रले हस्तक्षेप गर्न खोजे विद्रोह गर्ने नेताहरुको चेतावनीले गठबन्धनमा विमेल र एमालेमा सामेल हुने सम्भावनाबढेको छ ।