१२ बैशाख २०८१, बुधबार

छ जना आकांक्षी एमालेबाट गैँडाकोट नगरपालिकाको मेयरमा

uml logo1628521956

आसन्न स्थानीय तहको निर्वाचन २०७९ का लागि नेकपा एमालेबाट गैँडाकोट नगरपालिकाको मेयरमा ६ र उपमेयरमा ४ जनाले आफ्नो आकांक्षा देखाएका छन् ।

नगर कमिटी अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षतामा भएको नेकपा एमालेको विस्तारित बैठकमा आकांक्षीहरुले नाम दर्ता गरेका हुन् ।

मेयर पदका लागि नगर कमिटी अध्यक्ष षडानन्द लामिछाने, यमुनाथ आचार्य, छत्रराज पौडेल, गोपाल गौतम, रामु कान्त अर्याल र श्रीराम सुवेदीले आकांक्षा व्यक्त गरेका हुन् । त्यस्तै उपमेयरमा यदुनाथ सिग्देल, चेतना अर्याल, छविकला पाण्डे र गीता तिवारीले आफ्नो नाम दर्ता गराएको नगर कमिटी अध्यक्ष षडानन्द लामिछानेले जानकारी दिए ।

नगर कमिटीको आजको विस्तारित बैठक बसेर आकांक्षा व्यक्त गर्नेहरुको नामावली संकलन गरिएको र अब केही दिनमै नगर सचिवालयको बैठक बस्ने लामिछानेको भनाइ छ । सचिवालय बैठकमा केन्द्रीय कमिटीका नेताहरुको समेत सहभागिता हुने र आकांक्षा राखेका व्यक्तिहरुसँग घनीभूत छलफल हुनेछ ।