
फाइल फोटो
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन तयारी रकेटको गतिमा रहेकाले कुनै पनि बहानामा नरोकिने बताउनुभएको छ ।
निर्वाचन आयोगले विराटनगरमा गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले स्थानीय तह निर्वाचन अब कुनै पनि बहानामा स्थगित गर्न नमिल्ने बताउनुभयो । निर्वाचनको रकेट छुटिसकेको भन्दै प्रमुख आयुक्त थपलियाले गन्तव्यमा पुर्याउन नसके दुर्घटना हुने बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्न दलहरुलाई आाग्रहसमेत गर्नुभयो ।
काङ्ग्रेस नेता शशांक कोइरालाले निर्वाचनमा ६ करोड खर्च भएको अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको भन्दै थपलियाले आचारसंहिता उल्लंघन गर्ने दलहरूसँग पनि जवाफ मागेको बताउनुभयो ।