४ बैशाख २०८१, मंगलवार

आफ्नै कीर्तिमान तोड्न लाक्पा १० औँ पटक सगरमाथा आरोहण गर्दै

lakpa sherpa 10th time everest climb

धेरै पटक सगरमाथाको आरोहण गरेर विश्वकीर्तिमान बनाउनुभएका आरोही लाक्पा शेर्पाले आफ्नै कीर्तिमान तोड्न फेरी सगरमाथाको आरोहण गर्नुहुने भएको छ । नौ पटक सफल आरोहण गरिसक्नुभएकी लाक्पा १० औँ पटक सगरमाथा आरोहणका लागि आधारशिविरतर्फ जान लाग्नुभएको आरोहण आयोजक कम्पनी सेभेन समिट क्लबका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो ।

सङ्खुवासभा मकालुकी लाक्पाले यस अघि सन् २०००, २००१, २००३, २००४, २००५, २००६, २०१६, २०१७, २०१८ मा सगरमाथाको आरोहण गरेका गरिसक्नुभएको छ । यो वर्षको आरोहणपछि धेरै पटक सगरमाथा आरोहण गर्नुहुने महिलाको कीर्तिमान तोडिने भएको छ । शेर्पाले यस अघि एक पटक मात्र नेपाल तर्फको बाटोबाट र आठ पटक तिव्वत तर्फको बाटोबाट सगरमाथाको आरोहण गर्नुभएको थियो ।

लाक्पाले १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा सगरमाथा जाने कम्पनीले जनाएको छ । पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पापछि दोस्रो पटक सगरमाथाको आरोहण गर्ने महिला लाक्पा शेर्पा हुन् ।

    सम्बन्धित समाचार...