६ बैशाख २०८१, बिहीबार

शेयर परिसुचक नेप्सेमा ४४ अंकले गिरावट

stock nepse

यो हप्ताको पहिलो कारोबार भएको दिन सोमबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । गत विहिबार बढेको शेयर बजार सोमबारको बढ्ने अपेक्षा विपरित घटेको छ ।

आजको कारोबार घटेर नेप्से परिसूचक ४४.५६ अंकले घटेर २४१९.८० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंक घटेको छ ।

सोमबार कारोबारमा आएका २३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता शेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा गिरावट आए पनि गत बिहीबारको कारोबार रकम भन्दा सामान्य सुधार भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.६२ प्रतिशत घटेको छ । त्यस्तै, जीवन बीमा , वित्त, जलविद्युत, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक घटेको छ ।

सोमबार नेप्से ओरालो लागेपनि दुई वटा कम्पनीकोे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेष्डो समृद्ध लघुवित्त र जाल्पा लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, इमर्जिङ्ग नेपाल र राष्ट्र उत्थान लघुवित्तको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा १६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।