१३ बैशाख २०८१, बिहीबार

मुलुक असफलतातर्फ जाने खतरा पैदा भयो गठबन्धन सरकारका कारण: ओली

kp oli pokhara
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारका कारण मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारका कारण मुलुकको अर्थतन्त्र धरासयी बनेको र मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका हुन् ।

ओलीले सत्ता गठबन्धलाई अपराधी गठबन्धन भन्दै गठबन्धनले देशलाई बर्बादीतर्फ ढकेलेको र सवै मिलेर रोक्नुपर्ने बताए ।

उनले मुलुक अप्ठेरो अवस्थामा जादा पनि एमालेलाई सरकारबाट हटाउन पाइयो भनेर गठबन्धनमा आवद्ध दलहरु खुसी भएर बसेको तर्क गरे ।

एमालेलाई धेरै दिन सरकारबाट बाहिर राख्न नसकिने भन्दै अध्यक्ष ओलीले एमाले ढुंगाको काम फोडेर पनि सरकारमा आउने दावी गरे । उनले परमादेशबाट बनेको सरकार असंवैधानिक भएको दोहोर्याए ।