१३ बैशाख २०८१, बिहीबार

कम्युनिस्टको वंश नास गर्न हिँडेका कंश प्रचण्ड र माधव: पृथ्वी सुब्बा गुरुङ

Prthiv subba Gurung
फाइल फोटो

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पपकमल दाहाल ‘प्रचण्ड’ कम्युनिस्टको वंश नास गर्न हिँडेका कंश रहेको बताएका छन् ।

एमालेले आइतबार आयोजना गरेको स्थानीय निर्वाचनकेन्द्रित प्रचार भेलामा उनले एकीकृत समावजादीका अध्यक्ष नेपालमा ठूलो अहंकार देखिएको पनि बताए ।

प्रचण्ड र माधव नेपालले सिद्धान्तमाथि गद्धारी गरेकाले त्यसको भण्डाफोर गर्न जनतामा जानुपर्ने उनको भनाई थियो ।

‘अहिलेको स्थानीय निर्वाचन भनेको पाण्डव र कौरवबीचको लडाइँ हो । एमाले पाण्डव हो भने पाँच दलीय गठबन्धन कौरव हो । गुरुङले भने, ‘मुलुकको विकास र समृद्धिका लागि नेकपा एमालेले जित्नु आवश्यक छ ।’