७ बैशाख २०८१, शुक्रबार

नर्सिङ कोर्ष शुल्क धेरै र पारिश्रमिक थाेरै हुँदा नर्सिङ पेशा नै संकटमा

nursing

नेपाल नर्सिङ काउन्सिलले २५औँ वर्षिकोत्सवको कार्यक्रम सम्पन्न गरिएको छ । काउन्सिलले आइतवार वर्षिकोत्सव तथा रजत जयन्ती कार्यक्रम आयोजना गरी परिषदकाे २५औँ वर्षिकोत्सव सम्पन्न गरेको हो ।

नेपालमा नर्सिङ शिक्षालाई गुणष्तरीय र अन्य पेशा जस्तो नर्सिङ पेशालाई पनि मर्यादित बनाउने उद्देश्यले २०५३ सालमा नेपाल नर्सिङ परिषद्को स्थापना गरिएको थियो ।

नेपालमा नर्सिङ पेशालाई पछाडि परिएको परिषदले जनाएको छ । नेपालमा नर्सिङ कोर्षको शुल्क धेरै भएको र पारिश्रमिक थेरै हुने भएकाले नेपाली नर्सहरु मर्कामा पर्ने गरेका छन् । नर्सहरुको महत्व नबुझेकाले नर्सहरु शोषणमा परेको परिषदले गुनासो गरेको छ । त्यसमा सकारको विशेष ध्यान जानु पर्ने परिषदकाे माग छ ।

कम सेवा सुविधा भएकाले नर्सहरुको बाहिर जाने चलनले आउने दिनमा नेपालमा स्वास्थ्य क्षेत्रमा असर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताउनुभयो ।

नर्सिङ पेशालाई प्रथमिकतामा राखेर अगाडि बढ्दा समग्र सबैले गुणस्तरीय सेवा पाउने र गुणस्तरीय स्वास्थ्य सेवा दिनु सरकारको दायित्व रहेको हुनाले यसप्रति सरकारको विषेश ध्यान गएको स्वास्थ्य मन्त्रीको भनाइ थियाे ।