१३ बैशाख २०८१, बिहीबार

काठमाडौँमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु

Congress elecation Abhiyan

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौँले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान २०७८ सुरु गरेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित अभियानको काँग्रेसका पूर्व उपसभापति प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो ।

उपसभापति सिंहले संविधान जारी र त्यसको कार्यान्वयन, भौतिक पूर्वाधारको विकास लगायत काँग्रेसले गरेका कामलाई जनतामा पुर्‍याउँदै स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा गठबन्धन हुने प्रस्ट पार्नुभयो ।

कार्यक्रममा काँग्रेसका नेता डा प्रकाश शरण महतले शान्ति प्रक्रियामा काँग्रेसले खेलेको भूमिका, भ्रष्टाचार अन्त्य, कोरोना खोपको सुलभ उपलब्धता लगायत काँग्रेसले देश निर्माणमा खेलेको भूमिका जनतालाई बुझाउनुपर्छ भन्नुभयो ।

नेता भीमसेनदास प्रधानले स्थानीय तहको निर्वाचनमा पार्टीभित्र जुन व्यक्तिले टिकट पाए पनि सहयोग गर्दै सिङ्गो पार्टीलाई जिताउने गरी अगाडि बढ्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।