७ बैशाख २०८१, शुक्रबार

गर्भनर निलम्बन कटुवाल प्रकरणपछि अर्को गम्भीर भुल : शंकर पोखरेल

Shankar Pokharel
फाइल फोटो

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई पूर्वप्रधानसेनापति रुक्माङगत कटुवाल प्रकरणसँग जोडेका छन् ।

तत्कालीन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारबाट बाहिरिनु परेको घटनालाई स्मरण गराउँदै महासचिव पोखरेलले सो टिप्पणी गरेका हुन् ।

‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो यो गभर्नरको निलम्बन,’ पोखरेलका छोटो प्रतिक्रिया छ, ‘अर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रधानमन्त्री आफैँ हुन् ।’ गर्भनर अधिकारीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले नै निलम्बन गरे पनि सरकारले सनिवारमात्रै सार्वजनिक गरेको हो ।