२३ बैशाख २०८२, मंगलवार

छ बुँदे धारणा प्रस्तुत एमालेद्वारा आयोगसमक्ष, संशाेधन गर्न माग

elecation uml

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले बनाएको आचारसंहितामा पार्टीका तर्फबाट आयोगसमक्ष ६ बुँदे धारणा राखेको छ।

बिहीवार महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहित नेताहरू आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई पार्टीका तर्फबाट धारणा समेटिएको ज्ञापत्र पत्र बुझाउनुभएकाे हाे ।

आयोगले बनाएको आचारसंहिता पालना गर्न सके राम्रो हुने तर प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरू नै चुनाव प्रचारमा जान नपाइने गरी आयोगले बनाएको आचारसंहिताको कार्यान्वयन पक्ष भने जटिल रहेको माहासचिव पाेखरेलले बताउनुभयाे।

‘एमालेले आचारसंहिता पालना गर्छ’, महासचिव पाेखरेलले भन्नुभयाे, ‘तर आचारसंहिताका केही प्रावधानलाई भने आयोगले संशोधन गर्नुपर्छ ।’

उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान पनि संशोधन गर्नुपर्ने एमालेकाे माग रेहेकाे पाेखरेलले बताउनुभयाे ।

‘निर्वाचन आयोगसँग हाम्रो टसल होइन,’ पोखरेलले भन्नुभयाे, ‘प्रधानमन्त्रीले नै चुनाव प्रचार गर्न नपाउने कुरा लोकतन्त्रमा अलि मिल्ने खालको भएन। त्यो संशोधन गर्नुपर्छ भन्ने हो। हामी प्रतिपक्षमा भए पनि सरकार पक्षलाई नै फाइदा हुने कुरा उठाएका छौं।’

091743855277561194 524421842380378 9116806729882686108 n
091747349277765688 524421849047044 6419939723923133018 n
091750799277786689 524421869047042 5872729232639608596 n