
फाइल फोटो
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभिन्न पाँचवटा अध्यादेश जारी गर्नुभएकाे छ ।
मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार साँझ राष्ट्रपति भण्डारीले पाँचवटा अध्यादेश जारी गर्नुभएकाे राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।
विज्ञप्ति अनुसार याैन हिंसा विरूद्धका केही ऐनलाई संशाेधन गर्ने अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलाे संशाेधन) अध्यादेश,२०७८ लगायत पाँचवटा अध्यादेश जारी गरिएकाे छ ।
