४ जेष्ठ २०८१, शुक्रबार

१५ घर जलेर नष्ट बाँकेको नरैनापुरमा आगलागी हुँदा

aagalagi bake

बाँकेको नरैनापुरमा आगलागी हुँदा १५ घर जलेर नष्ट भएका छन् ।

वडा नम्बर ४ कृष्णनगर टोलमा आज दिउँसो साँढे ३ बजे आगलागी हुँदा चार वटा बाख्राका पाठा पनि जलेका छन् ।

सशस्त्र प्रहरी बल नरैनापुर विओपी इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक नरेश बाटाका अनुसार करिब ५ बजे आगो नियन्त्रणमा लिइएको थियो । उजागर धोबीको घरबाट आगलागी सुरु भए पनि यकिन कारण थाहा हुन नसकेको प्रहरी निरीक्षक बाटाले बताउनुभयो ।

गाउँपालिकाको दमकल, स्थानीय बासिन्दा, नरैनापुर विओपी, इलाका प्रहरी कार्यालय भगवानपुर र नरैनापुरको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बाटाले बताउनुभयो ।