५ जेष्ठ २०८१, शनिबार

दोस्रो स्थानमा उक्लियो बार्सिलोना

DSC 6593 min

युवा खेलाडी पेड्रीको निर्णायक गोलमा सेभियालाई १-० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा १९ वर्षीय पेड्रीको गोलसँगै क्याटलान क्लब बार्सिलोनाले दोस्रो स्थानको सेभिया र एट्लेटिको मड्रिडलाई पछि पार्‍यो ।

पेड्रीले खेलको ७२औँ मिनेटमा औसमाने डेम्बेलेको पास सदुपयोग गरे ।

जितसँगै २९ खेलबात ५७ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । सेभिया समान अंक भए पनि चौथो स्थानमा छ ।