५ जेष्ठ २०८१, शनिबार

एकीकरणप्रति राजपा नेपालमा असन्तुष्टि

rajapa nepal

बुधबार अबेर समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण गर्ने सहमति भएको छ । तर एकतालाई लिएर राजपामा असन्तुष्टि देखिएको छ ।

एकीकरणका लागि छलफल गर्न बोलाइएको बैठकमा राजपा नेपालका अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा र राजकिशोर यादव अनुपस्थित भएसँगै असन्तुष्टि बाहिरिएको हो ।

दुवैजना काठमाडौंमै छन् तर बैठकमा गएनन् । उनी दुवैजना शुरुदेखि नै एकीकरणको पक्षमा थिएनन् । उनीहरुले पहिला राजपा नेपालको अधिवेशन हुनुपर्ने अनि मात्र समाजवादी पार्टीसँग एकीकरण हुुनुपर्ने अडान लिँदै आएका थिए ।

उनीहरुलाई बैठकमा आउनका लागि पटक पटक आग्रह गरिएको थियो तर उनीहरु आजको बैठकमा अनुपस्थित भएको एक नेताले बताए ।

एकीकरणका लागि भएको छलफलमा राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय यादव, राजेन्द्र महतो र शरतसिंह भण्डारी मात्र उपस्थित भए ।

अनिल कुमार झा र राजकिशोर यादवले छुट्टै पार्टी बनाउने स्रोतले जनाएको छ ।

यस विषयमा बुझ्न अनिल झा र राजकिशोर यादवलाई पटक पटक फोन गर्दा सम्पर्कमा आउन चाहेनन् ।

    सम्बन्धित समाचार...