१३ बैशाख २०८१, बिहीबार

पहिलो पटक रुसभित्र युक्रेनले आक्रमण गर्‍यो

russ ukr

युक्रेनले पहिलो पटक रुसी भूमिमा हमला गरेको छ । रुसको पश्चिमी शहर बेलगोरोड गभर्नरले शुुक्रबार युक्रेनका २ हेलिकप्टरले त्यहाँको तेल डिपोमा हवाई हमला गरेको बताएको एएफपीले जनाएको छ ।

यो हमलामा दुई जना घाइते समेत भएका छन् । लडाइँमा दुवै देशका सेनाका साथ सर्वसाधारण मानिसको पनि ज्यान र धनमाल नोक्सानी भइरहेको छ ।