१५ चैत्र २०८०, बिहीबार

किर्ते नागरिकता निकाल्ने अध्यक्षसहित चार जना पक्राउ

Citizenship

किर्ते गरी नेपाली नागरिकता सिफारिस गरेको आरोपमा वडा अध्यक्षसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । किर्ते गरी नागरिकता सिफारीस गरेको आरोपमा यहाँको आधिखोला गाउँपालिका ३ का वडाअध्यक्ष बिष्णु खत्री, नागरिकता लिनेका बाबु कृष्णप्रसाद पौडेल, आमा सीता पौडेल र किर्ते कामका योजनाकार नवराज पौडेललाई प्रहरीले प्रक्राउ गरेको हो ।

आँधीखोला ३ घर भई मुचुल्कामा सहिछाप भएका ३४ बर्षिय प्रेमनारायण रेग्मी, २१ बर्षिय बिष्णु पौडेल, ४७ बर्षिय पबित्रा रेग्मी, ४२ बर्षिय देबी रेग्मी, ४२ बर्षिय टेकनाथ पौडेलले नेपाली नागरिकता प्रमाणपत्रका लागि वडाको मुचुल्कामा किर्ते सही गरिएको भन्दै कारवाहीको माग गरेपछि चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा अध्यक्ष खत्रीले नागरिकताका लागि गलत व्यक्तिलाई सिफारिस गरेको देखिएपछि निजसहित सो कार्यमा संलग्न चार जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ । वडा सचिब बालाकृष्ण पौडेल फरार रहेको र उहाँको खोजी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी नमतिा रेग्मीले बताउनुभयो ।

नक्कली कागजात बनाई नक्कली हस्ताक्षर गरी गत फागुन ३० गते नागरिकता निकालिएको बताइएको छ । निबेदकको निबेदनअनुसार अनुसन्धानको लागि चार जना पक्राउ परेको र थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

    सम्बन्धित समाचार...