
धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको हो ।
रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।
फोहोरको डङ्गुरमा नवजात शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ।
