१२ बैशाख २०८१, बुधबार

पाँचौँ बिमस्टेक सम्मेलन, प्रधानमन्त्री देउवाले आज सम्बोधन गर्ने

pm deuba
फाइल फोटो

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को पाँचौँ शिखर सम्मेलन आज हुँदैछ ।

श्रीलंकाले आयोजना गरेको बिमस्टेकको पाँचौ शिखर सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भर्चुअल रूपमा सम्मेलनलाई सम्बोधन गर्ने तय भएको हो । परराष्ट्रमन्त्री डा. नारायण खड्काले बिमस्टेकको मन्त्रीस्तरीय बैठकलाई हिजो सम्बोधन गर्नुभएको थियो ।

बिम्सटेकमा नेपालसहित भारत, श्रीलङ्का बङ्गलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् । सम्मेलनको अध्यक्षता श्रीलङ्काले गर्नेछ । बिम्सटेकको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो ।