१५ बैशाख २०८१, शनिबार

सम्भव भएसम्म एमालेसँग सहकार्य गरेर जाने: अध्यक्ष थापा

kamal
फाइल फोटो

राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताउनु भएको छ ।

आज भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले स्थानीय तहको निर्वाचनबाट आफूले ठुलो अपेक्षा नराखेको भए पनि चुनावमा जान परेपछि गठबन्धनको बिकल्प नरहेको बताउनु भएको हो।

आज भरतपुरमा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षणका लागि चितवन आइपुग्नु भएको थापाले यस अघि गरिएको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रियतासँगको सवालमा एमालेसँग निकट भएको बताउनुभयो ।

उहाँले सम्भव भएसम्म एमालेसँग सहकार्य गरेर जाने प्रयास हुने बताउनुभयो । उहाँले स्थानीय तहको चुनावबाट राप्रपा नेपालले खुट्टा टेक्ने अवस्थामा पार्टीलाई बलियो पार्ने दाबी गर्नुभयो । राप्रपा नेपाल पुनर्स्थापना भएको १ महिना ८ दिन भएकाले यसपालीको चुनावमा धेरै ठुलो अपेक्षा नगरेको उहाँको भनाइ छ ।

पूर्वउपप्रधानमन्त्री थापाले नेपाल एकीकरण, प्रजातन्त्र स्थापना, राष्ट्रियता सुदृढीकरण र आधुनिकीकरणमा राजसंस्थाको ऐतिहासिक योगदानलाई राष्ट्रले सदैव सम्मान गर्नुपर्ने बताउनुभयो। अध्यक्ष थापाले राजनीतिक दलहरुबीचमा गठबन्धन, सहकार्य संविधानले नै अपेक्षा गरेकाले चुनावी तालमेल हुनु स्वभाविक भएको बताउनुभयो ।