१४ बैशाख २०८१, शुक्रबार

आवश्यक छैन स्थानीय तहको चुनावमा गठबन्धन: डा कोइराला

shashank koirala
फाइल फोटो

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले स्थानीय तहको चुनावमा गठबन्धन गर्न नहुने बताउनु भएको छ ।

सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उहाँले चुनावी गठबन्धन आवश्यक नभएको बताउनु भएको हो । पूर्वमहामन्त्री समेत रहनु भएको नेता कोइरालाले स्थानीय तहको चुनावमा एक्लै लड्न पर्ने उल्लेख गर्दै संसदीय चुनावमा भने गठबन्धनबारे छलफल गर्न सकिने बताउनु भयो ।

कांग्रेस बैठकमा स्थानीय तह चुनावमा गठबन्धन गर्न हुने र नहुने पक्षमा कांग्रेस नेता विभाजित भएका छन् । यसैगरी महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको धारणा पनि बाझिएको छ । महामन्त्री थापा गठबन्धन बिना चुनावमा जानु पर्नेमा हुनुहुन्छ भने शर्मा भने आवश्यकताका आधारमा ठाउँ विशेषमा चुनावी तालमेल गरेर जाने पक्षमा खुल्नु भएको छ ।

बैठक भोलि पनि बस्ने र उक्त बैठकबाट गठबन्धनबारे निर्णय हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनु भयो ।