१५ बैशाख २०८१, शनिबार

पालिका अध्यक्ष र उपमेयरसहित एक दर्जन जनप्रतिनिधि एमालेमा प्रवेश

Prabesh

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित गाउँपालिका अध्यक्षसहित एक दर्जन जनप्रतिनिधि नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट पुगेर कांग्रेस, माओवादी र लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेमा महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुखसमेत छन् । उनी माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष हुन् ।

यसैगरी जलेश्वर नगरपालिकाकी उपमेयर मनचुन देवी, रामगोपालपुर–३ का वडाध्यक्ष जनयनारायण मण्डल, ४ का उमेश महतो, ८ का रामविलास मण्डल रहेका छन् ।

लोसपाका नेता विश्वश्वर महतो, एकीकृत समाजवादीका बारा अध्यक्ष राम यादव र सोही पार्टीका रौतहट जिल्ला सदस्य रामविनोद साह पनि एमाले प्रवेश गरेका छन् ।