१३ बैशाख २०८१, बिहीबार

नयाँ रेकर्ड ‘आरआरआर’को तीन दिनमा

rrr

साउथ फिल्म ‘आरआरआर’ले बक्स अफिसमा बम्पर कमाई गरेको छ । साथै, यो फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड समेत सेट गरेको छ ।

एसएस राजमौलीको निर्देशनमा तयार भएको यो फिल्मले बक्स अफिसमा ३ दिनमा ५ सय करोड भन्दा बढी व्यापार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । तीन दिनमा फिल्मले विश्व बजारबाट ५ सय करोड भन्दा बढी ग्रस कलेक्शन गरेको छ । योसँगै लामो समय कोरोनाका कारण हलसम्म पुग्न नसकेका दर्शक हलमा फर्किएका छन् ।

यो फिल्मले भारतमा हिन्दी भाषामा ३ दिनमा बम्पर कमाई गरेको छ । फिल्मले आइतबार मात्र ३१.५० करोडको व्यापार गरेको छ । योसँगै कोरोना महामारीपछि आइतबार धेरै व्यापार गर्ने फिल्मको पहिलो स्थानमा ‘आरआरआर’ उक्लिएको छ ।

फिल्मले शुक्रबार १९ करोड, शनिबार २४ र आइतबार ३१.५० करोडको कमाई गरेको हो । यो फिल्मले पहिलो दिन मात्र २२३ करोडको बम्पर व्यापार विश्व बजारबाट गरेको थियो ।

फिल्मले ‘बाहुबली २’को व्यापारलाई उछिन्ने आँकलन समेत गरिएको छ । रामचरण, जुनियर एनटीआर, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मको कथावस्तु, प्रस्तुति, भीएफएक्स, कलाकारको अभिनयलाई दर्शकले मन पराएका छन् ।