११ जेष्ठ २०७९, बुधबार

३६ वर्षपछि विश्वकप खेल्दै क्यानडा

canada football team

जमैकालाई सोमबार राति ४–० अन्तरले पराजित गर्दै क्यानडाले कतार विश्वकप २०२२ मा स्थान सुरक्षित गरेको छ ।

कन्काकाफ छनोटमा जमैकामाथिको जितसँगै क्यानडाले ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको हो ।

गत साता कोस्टाकारिकासँग १–० ले पराजित भएसँगै क्यानडाको विश्वकप यात्रा लम्बिएको थियो ।

शीर्ष स्थानको क्यानडाको १३ खेलमा २८ अंक रह्यो । समान खेलमा दोस्रो स्थानको अमेरिका र तेस्रो स्थानको समान २५ अंक छ

सन् १९८६ को मेक्सिको विश्वकपपछि क्यानडाले छनोट चरण पार गर्न सकेको थिएन । क्यानडाले सो विश्वकपमा समूह चरणको तीन ओटै खेल गुमाएको थियो ।

बुधबार पानामाविरुद्ध हुने खेलमा एक अंक मात्र बटुलेमा पनि क्यानडाले छनोटको शीर्ष स्थान पक्का गर्नेछ ।

१३औँ मिनेटमा काइल लारेनको गोलमा क्यानडाले अग्रता लिएको थियो । ४४औँ मिनेटमा ताजोन बुचाननले गरेको गोलमा क्यानडाले अग्रता दोब्बर पारेका थियो ।

८३औँ मिनेटमा जुनियर होइलेटले क्यानडाको अग्रता ३–० मा पुर्‍याएका थिए । खेल सकिन दुई मिनेट बाँकी हुँदा जमैकाका एड्रियान मारिप्पाको आत्मघाती गोलमा क्यानडाले सहज जित पक्का गरेको थियो ।

कन्काकाफबाट शीर्ष तीन टोलीले स्वतः कतार विश्वकपको टिकट काट्ने छन् । दोस्रो स्थानको अमेरिका र तेस्रो स्थानको मेक्सिकोले पनि छनोट सम्भावना बलियो पारेका छन् ।

सोमबार नै सम्पन्न अन्य खेलमा अमेरिकाले पानामामाथि ५–१ ले पराजित गर्दा मेक्सिकोले होन्डुरसलाई १–० ले निराश बनायो ।

    सम्बन्धित समाचार...